निःशुल्क मास्क वितरण गर्दै नौगाड गाउँपालिका ।

४ बर्ष अघि

२0७६ चैत्र १३ बिहीबार

निःशुल्क मास्क वितरण गर्दै नौगाड गाउँपालिका ।

रमेश  खत्री चैत्र १३ दार्चुला । नौगाड गाउँपालिकाले गाउँपालिका भरीका नागरिकहरुलाई निशुल्क मास्क वितरण गर्ने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड—१९) को संक्रमणबाट बचाउन निशुल्क मास्क वितरण गर्ने भएको हो । गाउँपालिका भरीका ६ वटै वडामा नागरिकलाई निशुल्क मास्क वितरण गर्ने तयारी भईरहेको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले जानकारी दिनुभयो । अहिले बजारमा पाइने मास्क अभाव भएपछि गाउँपालिकाले कपडाको मास्क सिलाउन सुरु गरेको छ । बजार बन्द रहेका कारण मास्क सिलाउनमा पनि समस्या भएको उहाँले बताउनु भयो ।