दार्चुलामा आदेश उल्लङ्घन गर्ने २० जना पक्राउ ।

४ बर्ष अघि

२0७६ चैत्र १२ बुधबार

दार्चुलामा आदेश उल्लङ्घन गर्ने २० जना पक्राउ ।

दृष्टिकोण समाचार चैत्र १२ दार्चुला । विश्वव्यापी महामारीका रुपमा फैलिएको (कोभिड—१९ को रोगथामका लागि नेपाल सरकारले जारी गरेको आदेश पालना नगर्ने २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबारसम्म प्रहरीले बजार क्षेत्रमा माईकिङ गर्दै घरबाहिर ननिस्कन तथा सतर्कता अपनाउन आग्रह गरेको थियो । तर सरकारले जारी गरेको लक डाउन आदेशको पालना नगरेको भन्दै खलंगाको बजार क्षेत्रबाट प्रहरीले २० जनालाई नियन्त्रणमा लिएको हो । सम्झाइबुझाइ गर्दासमेत अटेर गरेपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।