साबधान ! महाकाली नदीमा खतरा बढ्दै छ 

६ बर्ष अघि

२0७५ असार १६ शनिबार

साबधान ! महाकाली नदीमा खतरा बढ्दै छ 

दृष्टीकोण समाचार, अषाढ १५ दार्चुला । लगातारको असारे झरीले सुदुरपश्चिम नेपालको दार्चुला जिल्लाको उत्तर पश्चिम क्षेत्रमा ठुलो बर्षा भएको छ । बर्षाका कारण भारतको छिरकिल्लामा निर्माण गरिएको धौलीगंगा जलविद्युत्त आयोजनाको ड्यामको पानी खोलीएको भारतीय प्रशासनले जनाएको नेपाली पक्षलाई जानकारी गराएको छ ।  जिल्ला प्रहरी कार्यालयको जानकारी अनुसार अषाढ १५ गते बेलुका ६ बजेर ४५ मिनेटमा ड्यामको पानी छोडिएको छ । ४० एमएम देखि १०० एमएमको मात्रामा खोलीएको पानी राती साढे ९ बजे पछि बढ्ने र राती १२ बजे सकिने जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।भारतीय सीमा सुरक्षा बल एसएसबीले माथिल्लो क्षेत्रमा भारी बर्षाका कारण धौलिगंगा ड्याममा पानीको मात्रा बढेकाले ड्यामको पानी छोडिएको जानकारी गराएको हो । 
महाकाली नदिमा पानीको सतह बढेपछि दार्चुला सदरमुकामको बंगाबगड पारी पट्टी भारती क्षेत्रमा पर्ने खोलिता पहिरो जोखिम बन्ने सम्भावना बढेकाले प्रहरीले जिल्ला सदरमुकाम क्षेत्रमा माइकिङ गरेको छ भने महाकाली नदि किनारका बासिन्दालाई पुर्व सतर्कता अपनाउन जानकारी गराएको छ ।

 महाकाली नदिमा पानीको सतह बढेको जानकारी पाएपछि दार्चुला सदरमुकामका बाढी पीडितहरुले २०७० सालको विनासकारी बाढीले गरेको वितन्डालाई सम्झदा जनतामा सन्त्रास फैलाएको छ । धेरै खतरा नरहेको तर सजग भएर बस्न पुर्व जानकारी गराइएको हो । महाकाली नदि क्षेत्रमा जिल्लाका तीनवटै सुरक्षा निकाय नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताउनुभयो ।