सीमानाकामा अलपत्र नेपालीलाई नेपाल प्रवेश ।

४ बर्ष अघि

२0७६ चैत्र ११ मंगलवार

सीमानाकामा अलपत्र नेपालीलाई नेपाल प्रवेश ।

रमेश खत्री चैत्र ११ दार्चुला ।सरकारले सीमा नाकामा अलपत्र नेपालीहरुलाई आज एक दिनका लागि नेपाल प्रवेश गराएको छ । (कोभिड-१९ )संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले मंगलबारसम्म सीमा नाकामा जम्मा भएका नेपालीहरुलाई नेपाल प्रवेश गराएको हो । दार्चुला जिल्लामा मात्रै पुलघाँटबाट ७८ जनालाई नेपाल प्रवेश गराएको छ । जम्मा ७२ पुरुष र ६जना महिलालाई नेपाल प्रवेश गराएको छ । नेपाल प्रवेश गरिएका सबैलाई नेपालीको स्वास्थ्य जाँच लिएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनु भयो । भने कञ्चनपुरको गड्डाचौकि नाकाबाट ५ सय ५जना र गौरिफन्टा नाकाबाट ९सय ९९ जनाको उद्धार गरिएको छ ।  भने  बुधबारदेखि  कसैलाई पनि प्रवेश नदिइने प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनु भयो ।