काेभिड-१९ संक्रमण राेकथामका लागि स्थानीय तहहरूलाइ अार्थिक सहयाेग

४ बर्ष अघि

२0७६ चैत्र ११ मंगलवार

काेभिड-१९ संक्रमण राेकथामका लागि स्थानीय तहहरूलाइ अार्थिक सहयाेग

दृष्टिकोण समाचार ।कोभिड—१९ लाई मध्यनजर गर्दै  प्रदेश सरकारले  ९ वटै जिल्लाका १ उपमहा नगरपालिका ३३ नगरपालिका र ५४ गाँउपालिकालाई राहात रकम सहगोग गर्ने भएको छ ।मंगलबार सुदुरश्चिम पदेश सरकारको बैठक बसि ९ वटै जिल्लाका स्थानीय तहहरुलाई रु २ करोड ९९ लाख प्रदेश सरकारले कोरोना भईरस कोभिड—१९ संक्रमण रोकथामका बजेट दिने निर्णय गरेको हो ।  
सुदुरपश्चिम प्रदेशमा रहेका उप महा नगरपालिकालाई ५ लाख, नगरपालिकालाई ४ लाख र गाँउपालिकालाई ३ लाखका दरले सहयोग रकम दिने निर्णय गरिएको सुदुरश्चिम प्रदेशका उपसभामुख निर्मला बडाल जोशीले जानकारी दिनु भयो । 
प्रदेश भित्र रहेका स्थानीय तहहरुमा क्वारेन्टाईन स्थापना, औषधि तथा उपकरण गरिद र हेल्थ डेस्क स्थापनाका लागि खर्च गर्नु सकिने गरि रकम भुक्तानी गरिने उपसभामुख जोशीले बताउनु भयो । 
विश्वभरी कोरोना भाईरसको सनत्रास फैलिरहेकाले प्रदेश सरकारले पुर्व तयारी स्वरुप धनगढीमा रहेको खुल्ला मञ्चमा क्वारेन्टाईनको व्यवस्थापन समेत गरिएको छ ।  रहेका दार्चुलामा ७ शैय्याको अस्थायी क्वारेन्टाईन स्थापना गरिएको छ । कोभिड—१९ संक्रमित संकास्पद व्यक्ती भेट्टीए क्वारेन्टाईनमा राख्न अस्थायी क्वारेन्टाईन स्थापना गरिएको उपसभामुख जोशीले जानकारी दिनुभयो ।
सुदुरश्चिममा हाल सम्म कोरोनाको संक्रमण भेट्टीएको छैन् । कोरोनाको संक्रमण भित्रिन नदिन तथा भित्रिएको खण्डमा संक्रमण न्युनिकरण गर्न सबै नगरपालिका तथा गाँउपालिकामा  आवश्यक तयारी थालेको उहाले बताउनुभयो ।