मालिकार्जुन गाउँपालिकाकाे चैतलिचाैरमा हेल्थ डेस्क राखियो ।

४ बर्ष अघि

२0७६ चैत्र ११ मंगलवार

मालिकार्जुन गाउँपालिकाकाे चैतलिचाैरमा हेल्थ डेस्क राखियो ।

गणेश सिह धामी चैत्र ११दार्चुला  । जिल्लाकाे मालिकार्जुन गाउँपालिकाले वडा नं. ३ चैतलीचौरमा हेल्थ डेस्क राखेको छ । गाउँपालिकाकाे स्वास्थ शाखाकाे समन्वयमा काेराेना भाईरसकाे संक्रमणबाट सबैलाई जाेगाउने उदेश्यले हेल्थ डेक्स राखिएको    अध्यक्ष नरेन्द्र धामीले जानकारी दिनुभयो ।    कार्यक्रममा मालिकार्जुन गाउँपालिका भित्र रहेका सर्बसाधारणलाई ५सय थान मास्क समेत बितरण गरेका छन ।विश्वभरी फैलिरहेको कोरोना भाइरसको महामारी रोक्नको लागि मास्क वितरणले महत्वपूर्ण भुमिका खेल्ने अध्यक्ष धामीले बताउनु भयो  । साथै सबै नागरिकहरुमा विशेष सतर्कता अपनाउन पनि उनले आग्रह गरे गरेका छन । गाउँपालिका क्षेत्रमा रहेका अन्य नाकाहरुमा पनि हेल्थ डेस्क राख्ने तयारी भएको र सबै मालिकार्जुन गाउँपालिका तथा जिल्लाबासिलाई भाईरसबाट जाेगिएर बस्न अाग्रह समेत गरेका छन ।