शहर भन्दा गाँउमा कोरोनाको उच्च जोखीम यस्तो छ कारण ।

४ बर्ष अघि

२0७६ चैत्र ११ मंगलवार

शहर भन्दा गाँउमा कोरोनाको उच्च जोखीम यस्तो छ कारण ।

 राम सिह धामी दार्चुला । विश्वभरी कोरोना भाईरसको सनत्रास फैलिरहेकाबेला अहिले शरभन्दा गाँउमा बडि भिडभार देखिएको छ । यतिबेला विश्व कोरोना भाइरस (कोभिड–१९) को सनत्रासमा गुज्रीरहेको छ । नेपालको धेरै सहरहरुमा देशका ७७ वटै जिल्लाका मानिस बसोबास गर्ने गरेको भएपनि अहिले ती सहरहरु सुसान बनेका हुन । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हालसम्म एक सय ६२ देशमा पुगी सेकेको छ । हजारौं मानिसहरु संक्रमित बनेका छन् । आजसम्म १३ हजार भन्दा धेरै मानिसले ज्यान गुमाइसकेको विश्व स्वास्थ्य संगठनको दाबि छ । नेपालजस्तो अल्पविकसित राष्ट्रहरुमा कोरोना संक्रमण फैलियो भने सबैभन्दा बढि जोखिम गाँउघरमा रहेको छ । देशको अर्थतन्त्र न्युन हुनु सहर तथा विदेशमा बस्नेहरु सबै स्थानीयहरु गाँउमा पस्नु पनि जोखिमको पहिलो कारण हुन सक्छ । त्यसैले सबै देशबासिमा मेरो अनुरोध छ कि नेपाल सरकारले चलिरहेको सबै कृयाकलापको पालना गर्नु तथा आफन्तहरुलाई पनि सघाउन सचेत नागरिकको क्रतव्य हुन्छ । दार्चुला जिल्लामा मात्रै हेर्ने हो भने भारत र चिन संग जोडिएका सबै नाका बन्द गरिएका भए पनि महाकाली नदिमा अस्थाई तुईनको प्रयोग, ट्युपहरुको जोखि पुर्ण यात्राले गर्दा सहर भन्दा गाँउमा कोरोना भाइरस (कोभिड–१९) को सनत्रास छाएको छ । देशले कोरोना नियन्त्रणमा धेरै प्रयास गरेको भएपनि अबैधानीक रुपमा ट्युप र तुईनको प्रयोग गरि नेपाल प्रबेश गरेका नागरिकहरुबाट कोरोना भाईरसको संक्रमण बढ्ने देखिन्छ । दार्चुला, बैतडी , डडेलधुरा लगायतका जिल्लाहरुमा रहेका अबैध नाकाहरुबाट चोरी छिपि नेपाल प्रबेश गरेका नागरिकहरुको नत स्वास्थ्य परिक्षण गरिएको छ नत कुनै सर्तकता अपनाईएको पाईन्छ । देशभरी लकडाउन भियान लागु गरिएको भएपनि पछिल्लो समय स्थानीय नागरिकहरु मनपरी ढङगबाट बजारमा आवतजावत गरिरहेका छन । लकडाउन अभियानलाई सर्थक्ता दिन सम्बन्धित सरोकावाल निकायतले बलैमा ध्यान नदिए कोरोना भाइरस (कोभिड–१९) को सनत्रास मात्रै नभई गाँउमा संक्रमण बढ्न सक्ने देखिन्छ । यतिबेला कोरोनासँग लड्नको लागि नेपालसँग न दक्ष जनशक्ति छ, न पूर्वाधार त्यस्तै सरकारसँग पनि ठोस योजना र तयारी छैन । समग्रमा कोरोनाविरुद्ध नेपालको तयारी फितलो रहेकाले शहर भन्दा गाँउ उच्च जोखिम्मा रहेको छ । सुखकाबेला सहर रोज्ने र दुःखपर्दा गाँउ फर्किने सबैलाई मेरो अनुरोध यो छकि तपाई जता हुनु हुन्छ त्यो ठाँउमा सोयम्ता अपानाएर बसि दिन आग्रह गर्दछु ।