घरभित्रै बस्न प्रहरीको अनुरोध, अटेर गरे कारबाही गरिने ।

४ बर्ष अघि

२0७६ चैत्र ११ मंगलवार

घरभित्रै बस्न प्रहरीको अनुरोध, अटेर गरे कारबाही गरिने ।

दृष्टिकोण समाचार चैत ११ दार्चुला ।  जिल्ला प्रहरी कार्यालय दार्चुलाले सर्वसाधारणलाई घरभित्र रहन आग्रह गर्दै सदरमुकाम लगायत क्षेत्रमा माइकिङ गरिरहेको छ । नागरिकले लकडाउन पालना गर्नु भनि बजार क्षेत्र तथा सडक क्षेत्रमा जिल्ला प्रहरी कार्यालय दार्चुलाले माइकिङ गरेको हो । मंगलबारदेखि लागू भएको लकडाउन मेडिकल कर्फ्यु आदेशको सबैलाई पालना गराउन दार्चुला सदरमुकामबाट बाहिरीने यातायात तथा स्थानीय बजारमा चल्ने सबै सवारीसाधनहरु पुर्णरुपमा बन्द गरिएका छन । लकडाउन कर्फ्युको अवैज्ञा गरेमा त्यस्ता व्यक्तीलाई नियन्त्रणमा लिई कारर्वाही समेत गरिने प्रहरी निरीक्षक सुरेन्द  प्रसाद जोशीले जानकारी दिनु भयो । कोरोना भाइरस (कोभिड— १९) को सम्भावित संक्रमणको जोखीमबाट बच्न दार्चुलामा निशेधाग्य जारी रहेको छ ।  जिल्ला विपद व्यवस्थापन समितिको समन्वयतात्मक बैठकले जिल्लालाई सोमवार बेलुकी ५ बजे देखी निशेधाग्य लकडाउन गर्ने निर्णय गरिएको थियो । दार्चुला जिल्ला भरि रहेका ९ वटै स्थानीय तहहरु लगायत जिल्ला भरि निशेधाग्यको पालनाका लागि बजार क्षेत्र लगायत सबै स्थानीय तहहरुलाई दिर्शेसन समेत दिईएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।