लकडाउन पछि सुनसान बनेको सदरमुकाम बजार । (फोटो फिचर)

४ बर्ष अघि

२0७६ चैत्र ११ मंगलवार

लकडाउन पछि सुनसान बनेको सदरमुकाम बजार । (फोटो फिचर)

रमेश खत्री चैत्र ११ दार्चुला । कोरोना भाइरस संक्रमणको उच्च जोखम बढेपछि दार्चुला सदरमुकाम खलंगा लकडाउ गरिएको छ । जिल्ला विपद व्यवस्थापन समितिको समन्वयतात्मक बैठकले जिल्लामा सोमबार बेलुकी ५ बजे देखी लकडाउन गर्ने निणर््ाय गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो । जिल्लामा रहेका खाद्यान्न ग्याँस,दुध,डेरी, औषधी, तेल, नुन, सगसब्जी,फलपूmलका पसल विहान ७ बजे देखि १० बजे सम्म मात्र खुल्ला हुने भएका छन । समान किन्न जादा एक घर परिवार बाट एक जना भन्दा बढी जान नमिल्ने तथा पसलमा समेत २ मिटरको दुरी कायम गनुपर्ने भएको छ । बजार क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । अहिले दार्चुला सदमुकाममा अतिआवश्वयक बाहेक आवातजावत गरिरहेकाहरुलाई पनि प्रहरीले फर्काइरहेको छ । अतिआवश्यक बाहेक घर बाहिर ननिस्कनसमेत सर्वसाधारलाई प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले आग्रह गरेका छन ।