लकडाउन गरियो दार्चुला हेर्नुहोस, निर्णय सहित ।

४ बर्ष अघि

२0७६ चैत्र १0 सोमबार

लकडाउन गरियो दार्चुला हेर्नुहोस, निर्णय सहित ।

दृष्टिकोण समाचार चैत्र १० दार्चुला । कोरोना भाइरस कोभिड १९ को सम्भावित संक्रमणको जोखीमबाट बच्न दार्चुला जिल्लालाई लकडाउन गरिने भएको छ । जिल्ला विपद व्यवस्थापन समितिको समन्वयतात्मक बैठकले जिल्लालाई सोमवार बेलुकी ५ बजे देखी लकडाउन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो । जिल्लामा रहेका खाद्यान्न, ग्याँस, दूध, डेरी, औषधि, तेल नुन, सागसब्जी, फलफूलका पसल विहान ७ बजे देखी १० बजे सम्म मात्र खुला हुने भएका छन् । समान किन्न जादा एक घर परिवारबाट एक जना भन्दा बढी जान नमिल्ने तथा पसलमा समेत २ मिटरको दुरी कायम गर्नुपर्ने भएको छ । बैठकले प्रत्येक स्थानिय तहले कोरोनाको सम्भावित संक्रमणलाई नियन्त्रण गर्न एक एक विद्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने व्यवस्था गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो । यस्तो  छ निर्णय हेर्नुहोस ।