नेपालमा पनि देखियो कोरोनाको संक्रमण ।

४ बर्ष अघि

२0७६ चैत्र १0 सोमबार

नेपालमा पनि देखियो कोरोनाको संक्रमण ।

चैत्र १०,  फ्रान्सबाट नेपाल फर्किएका एक जना नेपालीमा कोरोनाको संक्रमण देखिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयमै आकस्मिक पत्रकार सम्मेलन गरि फ्रान्सबाट नेपाल परकिएका नेपालीमा कोरोनाको संक्रमण पोजेटिभ देखिएकोे जानकारी दिनुभयो । संक्रमित हुने व्यक्ति १९ बर्षको रहेको र उनी फ्रान्समा अध्ययनरत विद्यार्थि हुन् । उनी फ्रान्सबाट आएपछि आफैं क्वारेन्टाइनमा बसेकी थिइन उनको रिपोर्ट हिजो प्रयोगशालाले पोजेटिभ देखाएपछि अस्पताल भर्ना गरिएको छ । उनिसँग सम्पर्कमा आएका ब्यक्तिलाई पनि क्वारेन्टाइनमा रखिएको छ ।