सेनाले जिल्लाको दुई ठाँउमा हेल्थ डेस्क स्थापना ।

४ बर्ष अघि

२0७६ चैत्र १0 सोमबार

सेनाले जिल्लाको दुई ठाँउमा हेल्थ डेस्क स्थापना ।

दृष्टिकोण समाचार दार्चुला । जिल्ला सदरमुकाम खलंगास्थित बसपार्क र पुलघाँटमा नेपाली सेनाले हेल्थ डेस्क स्थापना गरेको छ । दुर्गादल गुल्म दार्चुलाले बसपार्क क्षेत्रमा हेल्थ डेस्क स्थापना गरि स्वास्थ्य परिक्षण गरिरहेको  । स्वास्थ्य कार्यालय दार्चुला र महाकाली नगरपालिकाको सहयोगमा नेपाली सेनाले सहयो सरुप हेल्ड डेस्क सञ्चालनमा ल्याइ स्थानीयहरुको स्वास्थ्य परिक्षण गरिरहेको  दुर्गादल गुल्म दार्चुलाका गुल्मपति श्यामराजा विक्रम थापाले जानकारी दिनुभयो । सेनाले सदरमुकामको पूलघाटस्थित हेल्थ डेस्कमा समेत सहयोग पुर्याउँदै आएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन तथा जनचेतना दिने उद्देश्यले हेल्थ डेस्क स्थापना गरिए परामर्श दिईरहेको छ । बसर्पाक र पुलघाँटमा भिडभाड हुने भएकाले कोरोनाको संक्रमणको खतराबाट बचाउन बसबाट ओर्लिने यात्रुहरु र पुलघाँटमा बाहिरबाट आउने स्थानीयहरुको स्वास्थय परीक्षण गरिन थालेको गुल्मपति थापाले जानकारी दिनु भयो ।