बालबालिकाहरुको पढाईमा सुधारको लागी सोलार वितरण

६ बर्ष अघि

२0७५ असार १६ शनिबार

बालबालिकाहरुको पढाईमा सुधारको लागी सोलार वितरण

राम सिह धामी दृष्टिकोण समाचार,दार्चुला दार्चुला,

जिल्ला भरि रहेका दलित बालबालिकाको शैक्षिक सुधारमा सहयोग पुगाउने उदेश्यले शुक्रबारबाट जिल्ला भरि रहेका विद्यालयहरुमा सोलार प्यानल वितरण गरिन लागेका छन । दार्चुला जिज्ल्लाका ९ वटै स्थानीय तहमा रहेका ५सय ६७ जना दलित बालबालीकाहरुलाई सोलार प्यानल वितरण गरिन लागेको हो । ग्रामिण भेगमा रहेका बालबालीकाहरुको पढाईमा सुधार गर्न र विद्यालय जानु पर्छ भन्ने बानिको विकासका लागी सोलार प्यानल वितरण गरिएको जिल्ला समन्वय समिति दार्चुलाले जनाएको छ । जिल्लाको शिक्षा क्षेत्रमा सुधारकालागी जिल्ला समन्वय समितिको तर्फबाट गर्नु पर्नेकामका लागी कटिबद्द रहेको जिल्ला समन्वय समिति प्रमुख कविर बहादुर कार्कीले बताउनु भयो । थुप्रै समस्याका माझपनि विद्यार्थिहरुले पढाई गर्नु पर्ने भएकाले अवका दिनमा सबै बालबालिकाहरु केहि प्रगति गर्न सकुन भन्ने किसिमले जिल्ला समन्य समितिको समन्वयमा सोलार सेट वितरण गरिएको समन्वय समिति प्रमुख कार्कीले बताएका हुन । दार्चुला जिल्लामा जुन उदेश्यले सोलार वितरण गरिन लागेको हो त्यसको प्रर्तिफल आउने गरि कामगर्न सके अझै प्रतिफल पाउन सक्ने प्रमुख जिल्ला अधिकारी खुमकान्त आर्चायले बताउनु भयो । उर्जा प्रवद्धन कार्यालयको सहयोग तथा जिल्ला समन्वय समिति दार्चुलाको समन्वयमा दार्चुला जिल्ला भरि रहेका कक्षा ९ र १० मा पढने बालबालिकाहरुलाई दुई बति भएको सोला सेट वितरण गरिएको जिल्ला समन्य समिति दार्चुलाले जनाएको छ ।