१६ गतेसम्मका लागी भारत र चीनसँग जोडिएका सीमा नाका पूर्णरुपमा बन्द

४ बर्ष अघि

२0७६ चैत्र १0 सोमबार

१६ गतेसम्मका लागी भारत र चीनसँग जोडिएका सीमा नाका पूर्णरुपमा बन्द

दृष्टिकोण समाचार दार्चुला 
सोमबार बिहान १० बजेदेखि एक हप्तासम्म भारत र चीनसँगको सीमा नाकामा आवागमन पूर्णरुपमा बन्द गरिएका छन । कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिमलाई ख्याल गर्दै आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देश चीन र भारतको सीमा नाकाबाट चैत १० गते बिहान १० देखि १६ गतेसम्म यात्रु आवागमन बन्द गरिएको हो ।
दार्चुला र भारतको धर्चुला जोड्ने नाका मात्रै नभई नेपाल भारत र चिन संग  जोड्ने सम्पूर्ण नाकाहरु चैत १६ गते सम्मका लागी सिल गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनु भयो । 
हेर्नुहोस सर्वजनीक सुचना 


भारतसँग ३९ वटा मोटरेबल, १ सय २५ सामान्य नाका, चीनसँग २ मोटरेबल र अन्य ४ वटा नाका छन्।  यस्तै कोभिड १९ को महामारीका रोकथामका लागिचिकित्साकर्मीले उपयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरण, मास्क, थर्मो्िमटर, भेन्टिलेटर, मनिटरलगायत सामग्री किन्न५० करोडको केन्द्रीय कोष खडा गर्ने निर्णय भएको अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिनुभयो । उक्त कोषका लागिसबै मन्त्री १र१ महिनाको पारिश्रमिक दिने निर्णय पनि गरिएको छ।