कोरोना भाइरस फैलिने उच्च जोखिमा सुदूरपश्चिम ।

४ बर्ष अघि

२0७६ चैत्र ९ आईतवार

कोरोना भाइरस फैलिने उच्च जोखिमा सुदूरपश्चिम ।

 दृष्टिकोण समाचार चैत्र ९ दार्चुला । दार्चुला सुदूरपश्चिममा रहेका सीमानाकाहरुमा भीडभाड नियन्त्रण गर्नु निकै समस्या रहेकाले कोरोना संक्रमण फैलिने उच्च जोखिम रहेको छ । विश्वभरि फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण हुन नदिन आवागमनलाई नियन्त्रण गर्नुपर्ने सीमा नाका र सार्वजनिक स्थलहरुमा भीडभाड बढेपछि यसको जोखीम बढेको हो । आईतबार महाकाली नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको छलफल कार्यक्रममा बोल्दै महाकाली नगरपालिकाका प्रमुख हंषराज भट्टले कोरोना भाईरस नियन्त्रणका लागि सबभन्दा पहिले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाईका क्षेत्रमा काम गर्ने व्यक्तीहरुमा संक्रमण बढन सक्ने भएकाले यसको नियन्त्रका लागि सरोकारवाला सबैले सहयोग गर्नु पर्ने बताउनु भयो । कोरोना भाईरसको जोखिम बढेको भन्दै भीडभाडलाई तत्काल नियन्त्रण गर्नुपर्ने सुझाव दिएका छन् । सीमा क्षेत्र र सार्वजनिक यातायातमा देखिएको भीडलाई नियन्त्रण गर्न नसकेमा कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै गम्भीर बन्नु पर्ने दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनु भयो । दार्चुला जिल्लाका सिमानाका हरु लगायत सुदूरपश्चिमका सिमानाकाहरुमा भारतबाट नेपाल फर्किनेहरुको भिडभाड बढेकाले संक्रमणको उच्च जोखिम रहेको बताएका हुन । छिमेकी भारतमा समेत कोरोनाको संक्रमण देखिएकाले सीमा क्षेत्रबाट फर्किनेको माध्यमबाट कोरोना भित्रिने आशंका गरिएको छ । राज्यका निकायले नै भीडभाडलाई नियन्त्रण गर्नुपर्ने सुझाव दिदै कोरोना फैलिए भयावह बन्न सक्ने तर्फ सचेत बन्नुपर्ने र भारत संग जोडिएका नाकाहरुमा स्वास्थ्य परिक्षणमा ध्यान दिनु आवश्यक रहेकाले छ