५ दिने लेखा व्यावस्थापन तालिम समापन ।

४ बर्ष अघि

२0७६ चैत्र ९ आईतवार

५ दिने लेखा व्यावस्थापन तालिम समापन ।

 रमेश खत्री चैत्र ९ दार्चुला । व्याँस गाउँपालिकाले सहकारी संस्थाहरुको संस्थागत विकासका लागि आयोजना गरेको ५ दिने तालिम आज समापन भएको छ । गाउँपालिका भरि रहेका लेखापाल तथा सहकारी संस्थाका प्रमुख हरुको क्षमता अभिवुद्धिका लागि तालिको आयोजना गरिएको थियो । व्याँस गाउँपालिकाको आर्थिक सहयोग र राजाकोट युवा क्लव दार्चुलाको आयोजनामा तालिम आईतबार सम्पन्न भएको हो । उक्त तालिम चैत्र ५ गते देखि ९ गते सम्म सञ्चालन भएकाे थियो । व्याँस गाउँपालिका उपाध्यक्ष हेमा भट्टको अध्यक्षतामा भएको कार्यक्रममा व्याँस गाउपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेखर ओझाको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको छ । तालिका सहभागिहरुलाई प्रमाण पत्र समेत दिएका छन । उक्त तालिममा २५ जनाको सहभागिता रहको थियो ।