अब कैदीबन्दी पनि भेटन नपाईने ।

४ बर्ष अघि

२0७६ चैत्र ९ आईतवार

अब कैदीबन्दी पनि भेटन नपाईने ।

 दृष्टिकोण समाचार चैत्र ९ दार्चुला । दार्चुला कारागार प्रशासनले कैदीबन्दी भेटघाटमा आउनेलाई प्रवेशमा रोक लगाएको छ । बाहिरबाट आएका मान्छेबाट कोरोना भाईरसको संक्रमण भित्रन सक्ने भएकाले भेटघाट बन्द गरिएको जेलर मानबहादु खडायतले जानकारी दिनु भयो । कारागार ड्युटीमा खटिएका सुरक्षाकर्मी कर्मचारीलाई अनिवार्य साबुन पानीले हात धुन भनिएको छ भने कारागार गेटमा साबुन पानीको व्यवस्थापन गरिएको खडायतले बताउनुभयो । हाल दार्चुला कारागारमा ५७ जना कैदीबन्दी छन् । कारागारमा जम्मा २५ जना पुरुष र १५ जना महिला कैदीबन्दीको क्षमता रहेको भए पनि हाल ५४ पुरुषर ३ जना महिला कैदीबन्दीहरु रहेका छन । अहिले कोरोना भाइरस रोकथामको सतर्कता अपनाउन कारागारका कैदी बन्दीलाई समेत निर्देशन दिएर बाहिरबाट भेटघाँटमा आउने मान्छेलाई पनि रोक लागाएकोे खडायतले बताउनु भयो ।