कालोबाजारी नियन्त्रमा उद्योगबाणिज्य संघको अपिल ।

४ बर्ष अघि

२0७६ चैत्र ९ आईतवार

कालोबाजारी नियन्त्रमा उद्योगबाणिज्य संघको अपिल ।

 रमेश खत्री चैत्र ९ दार्चुला ।  कोरोना भाईरसका कारण सीमानाका बन्द लगायतको हल्ला चलाई कालोबाजरी हुने भएकाले त्यसको नियन्त्रणका लागि उद्योगबाणिज्य संघले दार्चुलाले रोकथामका लागि निणर्य गरेको छ । विश्वभरि फैलिएको (कोभिड—१९) को संक्रमणलाई मध्यनजर गर्दै दार्चुला जिल्लामा रहेका उद्योगि व्यापारीहरुलाई मनपरी पैसा असुल तथा मनपरी मुल्य नियन्त्रण गर्ने उदेश्यले बैठक बसेको उद्योग बाण्ज्यि संघ दार्चुलाका अध्यक्ष मंगलसिह ठगुन्नाले जानकारी दिनु भयो । आईतबार बसेको उद्योग बाणिज्य संघ दार्चुलाको बैठकले कोरोना भाईरसको संक्रमण कम गर्न माक्स समेत वितरण गर्ने जनचेलना फैलाउने जस्ता काम हरु गर्ने निर्णय समेत गरिएको अध्यक्ष ठगुन्नाले बताउनु भयो । हेर्नुहोस निर्णय