भिरबाट लडेर एक जनाको मृत्यु ।

४ बर्ष अघि

२0७६ चैत्र ९ आईतवार

भिरबाट लडेर एक जनाको मृत्यु ।

रमेश खत्री चैत्र ९ दार्चुला । दार्चुला जिल्लाको महाकाली नगपालिका वडा नम्बर ८ मा भिरबाट लडेर   ४५ वर्षीया पुरुषको मृत्यु भएको छ । महाकाली नगरपालीका वडा नम्बर ८ धौकोट बस्ने अन्दाजी ४५ वर्षका हरक सिह विष्टको भिरबाट लडेल मृत्यु भएको हो । शनिबार बेलुकी दार्चुला सदमुकाम बाट घर जाने क्रममा भगिलाड भन्ने ठाउँमा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलका सुचना अधिकारी प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।