बिहान बन्द पुल समन्वय पछि खुल्ला अत्यावश्यक काममा मात्रै अावतजावत गर्न पाउने

४ बर्ष अघि

२0७६ चैत्र ९ आईतवार

बिहान बन्द पुल समन्वय पछि खुल्ला अत्यावश्यक काममा मात्रै अावतजावत गर्न पाउने

 दृष्टिकोण समाचार दार्चुला     दार्चुला जिल्ला सदरमुकाममा रहेको पुल र अन्य नाकाहरु फेरि सुचारु भएका छन ।         माथिल्लो निकायकाे अादेश भन्दै बन्द गरिएको पुल  फेरि २ घण्टा ढिलो गरि सुचारु भएकाे छ । खलंगामा रहेको पुलघाट अाईतबार बिहान करिब २ घण्टा ढिलो गरि सुचारु भएको छाेटि भन्सार कार्याल दार्चुलाले जनाएको छ । काेराेना भाईरसकाे प्रकाेप बढ्दै गईरहेका बेला भारत सरकारले  अाईबार बिहान ७ बजेबाट राति ९ बजे सम्मका लागि क्रफ्यु जारी गरेको थियोे । त्यसैकाे प्रभावले अाईतबार बिहान भारत संग जाेडिएका सिमानाकाहरु पनि २ घण्टाका लागि बन्द गरिएका थिए । भने  नेपाल , भारत जाेेेेेेड्ने नाकाहरुबात अत्या अावस्यक कामका लागिमात्रै पुल खुल्ला रहने र पुल खुल्ला रहेपनि अावतजावतमा भने राेक लगाएको छ ।   स्थानीयहरुकाे मार्कालाई समाधान गरी नेपाल र भारतका सुरक्षा अधिकारीहरुकाे समन्वय पछि  पुल सुचारु भएको प्रहरी चेक पेष्ट घाँट बजारका असै    प्रेम सिह साउदले जानकारी दिनु भयो  ।