एक दिनका लागि भारत संग जाेडिएका सबै पुल बन्द

४ बर्ष अघि

२0७६ चैत्र ९ आईतवार

एक दिनका लागि भारत संग जाेडिएका सबै पुल बन्द

 दृष्टिकोण समाचार दार्चुला चैत ९ गते  नेपाल भारत जोड्ने सबै नाकाहरु एक दिनका लागि बन्द गरिएका छन  । भारतीय सिमा सुरक्षा बल एसएसविले विहान निर्धारित समयमा केहि समयलाई पुल खुला गरेको भएपनि पछि  माथिको आदेश भन्दै सबै पुल बन्द गरेको  छाेटि भन्सार  कार्यालय दार्चुलाले जनाएको छ ।
पुल बन्द हुने आधिकारीक जानकारी छैन, उता बन्द गरेपछि यता पनि बन्द गरीएको भन्सार कार्यालयकाे भनाई छ । 
पुल बन्द भएपछि भारतीय बजारमा किनमेलका लागि  गएकाहरुको खलंगा स्थित पुलघाट तथा अन्माय भरतिय नाकाहरुमा  स्थानीयहरुकाे घुइचो लागेको छ ।
कोरोना भाइरसको प्रकोप बढ्दै गइरहेका बेला भारत सरकारले आइतबार देशभर जनता कफ्रयु जारी गरेकाले आइतबार विहान ७ बजे देखि राती ९ बजे सम्म कसैलाइ पनि बाहिर ननिस्कीन भनेको छ ।दार्चुला र भारतकाे धर्चुला जाेड्ने नाका मात्रै नभई नेपाल भारत जाेड्ने सम्पूर्ण नाकाहरु सिल गरिएको भरतिय अधिकार क्रमिहरुकाे भनाई रहेको छ ।नेपल भारत जाेड्ने नाकाहरु अाज एक दिनका लागि मात्रै सिल गरिएकाे र साेमबार बाट नियमित सुचारु हुने समेत जानकारी दिएका छन ।