कोरोनाविरूद्ध किटनाशक औषधि छर्किंदै’ भन्ने हल्लामात्रै हेर्नुहोस विज्ञप्ती सहित ।

४ बर्ष अघि

२0७६ चैत्र ८ शनिबार

कोरोनाविरूद्ध किटनाशक औषधि छर्किंदै’ भन्ने हल्लामात्रै हेर्नुहोस विज्ञप्ती सहित ।

दृष्टिकोण समाचार चैत्र ८ दार्चुला । ‘कोरोनाविरूद्ध सेनाले किटनाशक औषधि छर्किंदै’ भन्ने सामाजिक सञ्जालमा फैलाइएको हल्लामा सत्यता नरहेको नेपाली सेनाले जनाएको छ । सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सो कुरामा कुनै सत्यता नभएको प्रष्ट पारेका हुन् । सेनाले काठमाडौंको आकाशमा हेलिकप्टरबाट कोरोनाको औषधि छर्किंदैछ भनेर युवतीको आवाजमा रहेको अडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । आकाशबाट औषधि छर्किएर कोरोना भाइरस नियन्त्रण हुने कुनै विधि पत्ता नलागेको अवस्थामा अडियोमा भनिएको जस्तो गतिविधि नहुने सेनाले स्पष्ट पारेको छ । ‘आज राति १२ बजेपछि सैन्य हेलिकप्टरले कोरोनाविरूद्ध औषधि आकाशबाट छर्कने’ भनी सामाजिक सञ्जालमा अपवाह फैलाइएको थियो । सेनाले हालको संवेदनशिल घडीमा यस प्रकारको भ्रामक, झुटो तथा मनगढन्ते समाचारमा विश्वास नगर्न विज्ञप्तिमार्फत जनाएको छ । कोरोना भाईरस (कोभिड–१९) प्रतिकार्यमा नेपाली सेनाको गतिविधि सम्बन्धमा आम जनमानसमा कुनै दुविधा भएमा नेपाली सेनाको श्री जनसम्पर्क तथा सूचना निर्देशनालयको सम्पर्क नम्बर ९५१०८३२८ र ९८५१०७९९१७ मा सम्पर्क गर्न सेनाले आग्रह गरेको छ ।
हेर्नुहोस विज्ञप्ती