नौगाड गाउँपालिकाले ४ ठाँउमा हेल्थ डेस्क राख्दै ।

४ बर्ष अघि

२0७६ चैत्र ८ शनिबार

नौगाड गाउँपालिकाले ४ ठाँउमा हेल्थ डेस्क राख्दै ।

 रमेश खत्री चैत्र ८ दार्चुला ।  दार्चुला जिल्लाको नौगाड गाउँपालिकले ४ ठाउँमा हेल्थ डेस्क राख्ने भएको छ । नौगाड गाउँपालिकाको वडा नम्बर २ को दल्लेक,वडा नम्बर ४ को सिप्टी, वडा नम्बर ६ को पन्ढुङ्गा र वडा नम्बर ६ को सुकाखोलामा हेल्थ डेस्क स्थापना गर्ने भएको हो । कोरोना भाइरसको जोखिम र न्यूनीकरणका लागि गाउपालिकाले ४ ठाउमा हेल्थ डेस्क सञ्चालन गर्ने निर्णय गरिएका छ । कोरोना भाइरसको विश्वव्यापी जोखिम बढीरहेको बेला कोरोनाका सचेतना फैलाउन र नागरिकको स्वास्थ्य परीक्षण लागि हेल्थ डेस्क सञ्चालनमा ल्याउने नौगाड गाउँपालिकाका प्रमुख प्रेम सिह धामीले जानकारी दिनभयो । हेल्थ डेस्कमा नागरिकहरुको स्वास्थ्य परीक्षण गर्ने गाडीहरुमा यात्रा गर्ने यात्रुहरको पनि स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको नौगाड गाउँपालिकाले जनाउको छ ।