कोरोना भाईरस नियन्त्रमा नेपाली सेनाको सपोट ।

४ बर्ष अघि

२0७६ चैत्र ८ शनिबार

कोरोना भाईरस नियन्त्रमा नेपाली सेनाको सपोट ।

 रमेश खत्री चैत्र ८ दार्चुला । दार्चुला जिल्लाको पुलघाटमा स्थापना गरिएको हेल्थ डेस्कमा स्वास्थ्य परिक्षणका लागि नेपाली सेनाको स्वास्थ्यकर्मी खटिएको छ । शुक्रबार देखि दार्चुला सदमुकामको पुलघाट स्थित हेल्थ डेस्कमा स्वास्थ्य परिक्षण लागि नेपाली सेनाको स्वास्थ्यकर्मी पठाएको हो । दुर्गादल गुल्म दार्चुला कार्यरत स्वास्थ्य सम्बन्धी तालिम प्राप्त सेनाहरु बाट हेल्थ डेस्कमा सपोट गरिरहेको  छ । कोरोना भाईरसको जोखिम न्यूनीकरण र भारतबाट नेपाल आउने स्थानीयहरुको भिड बढन थालेकाले नेपाली सेनाले सपोट स्वरुप स्वास्थ्यकर्मी पठाएको दुर्गादल गुल्म दार्चुलाका गुल्मपति श्यामराजा विक्रम थापाले जानकारी दिनु भयो । दुर्गादल गुल्ममा कार्यरत कर्मचारीहरुमा कोरोना भाईरसको संक्रमण भेटिएमा  रोकथामाका  लागि तत्काल क्वारेन्टाइनमा राख्नु पर्ने भएकाले व्यारेक भित्र क्वारन्ेटाइनको   व्यवस्थापन समेत मिलाएको गुल्मपति थापाले बताउनु भयो ।