रुखबाट लडेर ३२ बर्षीया महिलाको मृत्यु ।

४ बर्ष अघि

२0७६ चैत्र ८ शनिबार

रुखबाट लडेर ३२ बर्षीया महिलाको मृत्यु ।

दृष्टिकोण समाचार चैत्र ८ दार्चुला ।  जिल्लाको मालिकार्जुन गाँउपालिका वडा नं.२ मा रुखबाट लडेर ३२ वर्षिय महिलाको मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिका वडा नम्बर २ सेलीचामा बस्ने ३२ बर्षिया पशुपति धामीको शनिबार बिहान रुखबाट लडेर मृत्यु भएको हो । घर नजिकै च्युराको रुखबाट स्याउला काट्ने क्रममा लडेर गम्भिर घाइते भएकी पशुपति धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । मृतक धामीको टाउकोमा गहिरो चोट लागेकाले उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुला प्रमुख डिएसपी दिपेन्द्र शाहिले जानकारी दिनुभयो ।