भारतमा जनता कफ्र्यु घोषण ।

४ बर्ष अघि

२0७६ चैत्र ८ शनिबार

भारतमा जनता कफ्र्यु घोषण ।

चैत्र ८  । कोरोना संक्रमण फैलिँदै गएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आईतबार जनता कफ्र्यु घोषण गरेका छन । घरबाट बाहिर कोही पनि ननिस्किएर जनता कफ्र्यु लाई सफल बनाउन उनले अह्वान गरेका छन भारतीय नागरिकलाई महामारीबाट जोगाउन यस्तो कदम चाल्नुपरेको उनले स्पष्ट पारेका छन् ।उनले बिहीबार देशवासीको नाममा सम्बोधन गर्दै देशवासीलाई आफैं अलग्गै घरमा बस्न आह्वान पनि गरेका छन् ।कर्फ्यु आगामी आइतबारदेखि बिहान ७ देखि राति ९ बजे सम्मका लागि हुनेछ ।उनले भने, “घरबाटै गर्न सकिने काम जेसुकै गर्नुहोला, हामीले आफू संक्रमित हुनबाट जोगिन संकल्प गर्नुपर्छ ।” भारतमा १८४ जना संक्रमित हुनुका साथै चारजनाको मृत्यु भइसकेको छ । थप क्षति नहोस भनेर सरकारले कर्फ्यु लागू गरेको हो ।