हात धोएर स्वास्थ्य परिक्षण गरी कर्मचारी कार्यालय प्रवेश ।

४ बर्ष अघि

२0७६ चैत्र ७ शुक्रबार

हात धोएर स्वास्थ्य परिक्षण गरी कर्मचारी कार्यालय प्रवेश ।

रमेश खत्री चैत्र ७ दार्चुला । व्याँस गाउपालिकाका कार्यालय सुन्सेरामा हात धोएर स्वास्थ्य परिक्षण गरि कार्मचारी कार्यालय प्रवेश गरेका छन । कोरोना भाइरस (कोभिड—१९) को बारेमा सरकारले सबै क्षेत्रमा उच्च सतर्कता अपनाउ परिपत्र र निर्देशन गरेपछि शुक्रबार देखि व्याँस गाउपालिकामा कार्यरत कर्मचारी र सेवाग्राहिलाइ अनिवार्य साबुन पानीले हात धुन भनिएको छ । व्याँस गाउपालिकाका  कर्मचारी र सेवाग्राहिलाई हात धोएर स्वास्थ्य परिक्षण गरी कार्यालय प्रवेश गरिरहेको व्याँस गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेखर ओझाले बताउनु भयो ।