प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने ।

४ बर्ष अघि

२0७६ चैत्र ७ शुक्रबार

प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने ।

चैत्र, ७ काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । कोरोना भाइरसबारे डर र आशंका बढेपछि यसबारे स्पष्ट पार्न प्रम ओलीले आज ९शुक्रबार० बेलुकी ६ बजे देशवासीका नाममा सम्बोधन गर्न लाग्नुभएको  उहाँको निजी सचिवालयले जनाएको छ ।  सम्बोधनमा प्रधानमन्त्री ओलीले कोरोना भाइरस रोकथामका लागि सरकारले अपनाएको सतर्कता र तयारीबारे जानकारी गराउनु हुनेछ । नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले बताए पनि सरकारले उच्च सतर्कता अपनाएको बताइरहेको छ । सतर्कताका लागि भन्दै सरकारले २५ जनाभन्दा धेरै भेला हुन नपाउने, पौडी पोखरी, क्लब, तथा डान्स बार बन्द गर्ने लगायतका निर्णय गरिसकेको छ भने सकेसम्म काम नपरेसम्म घर बाहिर हिडँडुल नगर्न पनि आग्रह गरेको छ