जुनसुकै एटीएमबाट पैसा झिक्दा थप शुल्क नलाग्ने ।

४ बर्ष अघि

२0७६ चैत्र ७ शुक्रबार

जुनसुकै एटीएमबाट पैसा झिक्दा थप शुल्क नलाग्ने ।

७ चैत्र, काठमाडौं । जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने भएको छ । कोरोना संक्रमण रोक्ने सरकारी नीतिलाई सघाउन नेपाल बैकर्स संघले अन्तर बैंक एटिएम कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था निर्णय गरेको संघका कार्यकारी निर्देशक अनिल शर्माले जानकारी दिए ।यस्तै संघले मोबाइल, इन्टरनेट बैंकिङबाट कारोबार गर्दा शुल्क नलाग्ने निर्णय पनि गरेको छ ।  संघको बैठकले बैंकिङ क्षेत्रलाई भाइरस जोखिम न्यूनीकरण गर्न पूर्वसावधानी अपनाउन आग्रह गर्ने निर्णय पनि गरेको छ । यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत, डेपुटी सिईओ, ब्यवस्थापनका अन्य उच्च कर्मचारीहरु छुट्टाछुट्टै भवनमा बसेर काम गर्न पनि सुझाब दिएको छ ।