अस्पताल परिषरमा बृक्षारोपण

६ बर्ष अघि

२0७५ असार १४ बिहीबार

अस्पताल परिषरमा बृक्षारोपण

दृष्टीकोण समाचार, असार १४ दार्चुला । राष्ट्रिय बृक्षारोपण दिवसको अवसर पारेर जिल्ला अस्पताल दार्चुलाको परिषरमा नेपाल विद्यार्थी संघ दार्चुला र तरुणदलको आयोजना एवं सनराईज बैंक दार्चुलाको प्रायोजनमा विहिबार बृक्षारोपण गरिएको छ ।
अस्पताल विसका समितिका अध्यक्ष हरकसिह विष्ट, जिल्ला अस्पताल दार्चुला डा. एवं सनराईज बैंक दार्चुला शाखाका म्यानेजर राकेश बुढाथोकी र नेविसंघ तथा तरुण दलका पदाधिकारीकाहरुको सहभागितामा बृक्षारोपण गरिएको छ ।
अमला, दालचिनी, बकाइनो, रिठा गरि विभिन्न किसिमका झण्डै २ सय बढी बोट विरुवा रोपेको नेविसंघ जिल्ला अध्यक्ष हिक्मत बहादुर सिंहले जानकारी दिनुभयो ।