शैल्यशिखर नगरपालिले राख्यो पनेबाजमा  हेल्थ डेस्क ।

४ बर्ष अघि

२0७६ चैत्र ७ शुक्रबार

 शैल्यशिखर नगरपालिले राख्यो पनेबाजमा  हेल्थ डेस्क ।

गणेश सिह धामी चैत्र ७ दार्चुला । शैल्यशिखर नगरपालिकाले कोरोना भाईरस (कोभिड —१९) का बारेमा सतर्कता अपनाउन शैल्यशिखर नगरपालिको प्रवेशद्धार पनेबाजमा हेल्थ डेस्क स्थापना गरेको छ । शुक्रबार नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि पनेबाजमा हेल्थ डेस्क स्थापना गरेको हो । विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाईरसको बारेमा सचेतना प्रदान गर्ने उदेश्यले गरिएको शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमरसिह धामीले जानकारी दिनुभयो । सरकारले देशभरका स्थानीय तहलाई आ आफ्नो क्षेत्रमा सचेतनामूलक सन्देश प्रवाह गर्न तथा सीमा क्षेत्रमा हेल्थ डेस्क राख्न निर्देशन गरेपछि अहिले दार्चुलाका सबै स्थानीय तहहरुले कोरोना भाईरसको जोखिमबाट बच्ने सन्देश प्रवाह गर्न थालेका छन । शैल्यशिखर नगरपालिकाले कोरोना भाईरस बाट बच्न तत्काल मास्कको अभाव भएको कारणले १५ हजार मास्क तुरुन्तै वितरण गर्ने र एउटा घरमा एक रुमाल र एउटा साबुन समेत वितरण गर्ने नगर प्रमुख धामीले जानकारी दिनुभयो । यस अघि भारत संग सीमा जोडिएका दार्चुलाका पाचँ वटा नाकामध्ये महाकाली नगरपालिकाको खलंगा, दत्तु व्याँस गाउँपालिकाको तिग्रम, मालिकार्जुन गाउँपालिकाको जौलजिवी, लेकम गाउपालिकाको लालीमा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर ६ वडा अध्यक्ष गोपाल सिह धामीको अध्यक्षतामा भएको कार्यक्रममा शैल्यशिखर नगरपालिका नगर प्रमुख अमरसिह धामी प्रमुख अतिथ्यता रहेको थियो कार्यक्रममा ग्वानी हेल्थ पोष्ट प्रमुख नसिब सिह धामी नेपाल तरुण दलका जिल्ला कोषाध्यक्ष गणेशसिह धामी लगायको सहभागिता रहेको थियो ।