हात धोएर जिल्ला प्रवेश ।

४ बर्ष अघि

२0७६ चैत्र ६ बिहीबार

हात धोएर जिल्ला प्रवेश ।

रमेश खत्री चैत्र ६ दार्चुला । महाकाली नगरपालिको स्वास्थ्य शाखा र जिल्ला प्रहरी कार्यालय दार्चुलाले भारत बाट नेपाल अाउदा  हात धुने व्यवस्था गरेको छ । कोरोना भाईरस इभोला १९ को पूर्व सावधानी र सतर्कता अपनाउन  महाकाली नगरपालिका स्वास्थ्य शाखा र प्रहरी कार्यालय पहलमा दार्चुलाको सिमना पुल घाटमा प्रवेश गर्दा हात धुने व्यवस्था मिलाईएको हो ।  सिमा नाकामा प्रवेश गर्ने वित्तिकै जसले पनि साबुन पानीले हात धुने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुला प्रमुख डिएसपी दिपेन्द्र शाहीले जानकारी दिनुभयो । यस्तै जिल्ला प्रहरी कार्यालय दार्चुलाले पनि कार्यालय भित्र पस्दा अनिवार्य हात धुने व्यावस्था गरेको छ । कोरोना भाईरस सावधानी अपनाउन प्रहरी कार्यालय भित्र प्रवेश गर्दा साबुन पानीले हात धुने व्यवस्था मिलाइएको छ । कोभिड १९ को संक्रमण, तथा रोकथाम र पूर्वसावधानी अपनाउन अनिवार्य हात धुने गरिएको छ । हातको मार्फत पनि धेरै रोग सर्ने गरेको भन्दै चिकित्सकहरुले साबुन पानीले हात धुन भनेका छन ।