सामाजिक अभियान्ताले निम्ताएको सामाजिक द्वन्द

४ बर्ष अघि

२0७६ चैत्र ६ बिहीबार

सामाजिक अभियान्ताले निम्ताएको सामाजिक द्वन्द

दृष्टिकोण समाचार, चैत्र ६ दार्चुला । विगत एक बर्ष देखि दार्चुलाको मार्मा गाउँपालिका र गाउँपालिका अध्यक्ष जमनसिह धामी र गाउँपालिकाको विरोधमा नक्कली फेसबुक एकाउन्टबाट बदनाम गर्ने गिरोह पत्ता लागेको छ । बुधबार जिल्ला प्रशासन कार्यालय दार्चुला भएको छलफलमा मार्मा गाउँपालिका वडा नम्बर २ घर भई हाल भारतको बेङलोरमा बस्दै आएको सुवास सिह ठगुन्ना नक्कली फेसबुक एकाउण्ट बनाएर मार्मा गाउँपालिका बस्ने काँग्रेसका महाधिवेशन प्रतिनिधी उमेश सिह खत्रीलाई दिएको खुल्न आएको छ । उक्त नक्कली फेसबुक एकाउन्ट सुरुमा समाजिक अभियान्ताका नाममा रहेको र पछि सुबासलाई ब्लक गरेर अन्य विभिन्न नामबाट चलाएको खुलासा भएको हो । 
दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले नक्कली फेसबुक एकाउन्ट बनाउने सुवासलाई सोधपुछ गर्ने क्रममा आफुले नक्कली फेसबुक एकाउन्ट बनाएर दार्चुला जिल्लाका तरुणदल अध्यक्ष समेत रहेका उमेश खत्रीलाई दिएको स्वीकार गरेका छन् ।
सो विषयमा नेपाल प्रहरी दार्चुलाका प्रहरी प्रमुख दिपेन्द्र शाहीले साईबर क्राइममा दार्चुला जिल्ला प्रहरी कार्यालयबाट मुद्धा प्रहरी प्रधान कार्यालयमा पठाइसकेको र थप कानुनी प्रक्रियाका आधारमा उक्त मुद्दा अगाडी बढाईने जानकारी दिनुभयो । फेसबुकबाट विभिन्न सामाजिक संरचनामा खलल आउने गतिविधी तथा विभिन्न अस्लील पोष्टहरु गरिए पछि सुवास र उमेश खत्री बिच पछिल्लो समय टेलीफोन सम्बाद तथा फेसबुक म्यासेज मार्फत कुराकानी भएका छन् ।