२सय २७ जनालाई दिईयाे दादुरा/रुवेला खाेप

४ बर्ष अघि

२0७६ चैत्र ५ बुधबार

२सय २७ जनालाई दिईयाे दादुरा/रुवेला खाेप

दृष्टिकोण समाचार चैत्र ५ र्दाचुला
दार्चुला जिल्लाको नौगाड गाँउपालिका वडा नं.२मा २ सय २७ जनालाई दादुरा÷ रुबेला खोप दिईएको छ । 
नौगाड गाँउपालिकाको वडा नं.२मा रहेका सुण्डुमुण्डु स्वास्थ्य इकाईले सञ्चालन गरेको तिन दिने स्ववस्थ्य शिविरबाट उक्त बालबालिाकले सेवा लिएका हुन । दादुरा÷ रुवेला खोप अभियान सफल पार्ने उदेश्यका साँथ नौगाड गाँउपालिका स्वस्थ्य शाखा र वडा नं. २ मा रहेको स्वास्थ्य ईकाई केन्द्रको संयुक्त पहलमा खोप अभियान बुधबार सम्पन्न पभएको छ । 
राष्ट्रिय दादुरा ÷रुवेला खोप अभियान २०७६÷७७ लाई सफल पर्ने उदेश्यका साँथ गाँउपालिका भरि रहेका ९ महिना देखि ५ बर्ष मुनिाक बालबालिकालाई दादुरा ÷रुवेला बिरुद्धको खेप दिईएको गाँउपालिकाका अध्यक्ष प्रेम सिह धामीले जानकारी दिनु भयो ।