लेखा व्यावस्थापन तालिम सुरु, कोरोनाको परिक्षण गरि हलमा प्रवेश ।

४ बर्ष अघि

२0७६ चैत्र ५ बुधबार

लेखा व्यावस्थापन तालिम सुरु, कोरोनाको परिक्षण गरि हलमा प्रवेश ।

रमेश खत्री चैत्र ५ दार्चुला ।व्याँस गाउपालिकाले सहकारी संस्थाहरुको संस्थागत विकासका लागि लेखा व्यावस्थापन तालिम  आयोजना  गरेको छ ।  गाउँपालिका भरि रहेका जनप्रतिनिधि, लेखापाल तथा सहकारी संस्थाका प्रमुख हरुको क्षमता अभिवृदीका लागि तालिको आयोजना गरिएको हो । व्याँस गाउँपालिकाको आर्थिक सहयोग र राजाकोट युवा क्लल दार्चुलाको आयोजनामा तालिम उद्घाटन गरिएको हो । उक्त तालिम  चैत्र ५ गते  ९ गते सम्म सञ्चालन हुने व्याँस गाउपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेखर आझाले जानकारी दिनु भयो । तलिममा विश्वभरी फैलिएको कोरोना भाइरसका बारेमा सचेत गराउन सबै सहभागिहरुको  स्वास्थ्य परिक्षण गरि तालिम हलमा सभागिता गराएका थिए । तालिम राजाकोट युवा क्लव दार्चुलाका अध्यक्ष गोपाल सिह विष्टको अध्यक्षता तथा व्याँस गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकी प्रमुख अथ्यितामा  तालिमको उद्धघाटन गरिएको  निमित्त प्रमुख प्रशासकीय अधिकृत शेखर ओझाले बताउनु भयो ।  तालिममा व्याँस गाउँपालिका भरिका सरहकारी संस्थाका लेखा प्रमुख तथा जनप्रतिनिधिहरुको  सहभागिता रहेका थियो ।