काेराेना भाईरसबाट बच्न नगर पालिकाले गरे माक्स बितरण

४ बर्ष अघि

२0७६ चैत्र ५ बुधबार

काेराेना भाईरसबाट बच्न नगर पालिकाले गरे माक्स बितरण

 दृष्टिकोण समाचार दार्चुला   काेराेना (कोभिड–१९) संक्रमणबाट बचाउन दार्चुलाको शैल्यशिखर नगरपालिकाले निशुल्क मास्क वितरण सुरु गरेको छ । शैल्यशिखर नगरपािलका–५ मा रहेको मालिकार्जुन माध्यमिक विद्यालय आगरमा पाँच सय थान मास्क निशुल्क वितरण गरिएको नगरप्रमुख अमरसिंह धामीले जानकारी दिनु भयो  । कोरोना भाइरसबाट जेष्ठ नागरिक, बालबालिका तथा सबै नगरबासीलाई सचेत गराउने उदश्यले मास्क वितरण अभियान सुरु गरेको नगरप्रमुख धामीले बताएका छन ।

मास्क वितरणसँगै नगरपालिकाले कोरोनाभाइरस र यसबाट बच्ने उपाय बारे पनि जानकारी दिँइदै आएको छ । कार्यपालिकाको मंगलबार बसेको आकस्मिक बैठकले कोरोनाबाट सतर्कता अपनाउन नगरप्रमुख धामीको अध्यक्षतामा ७५ सदस्यीय समिति समेत गठन गरेको छ । समितिमा नगरसभाका सबै सदस्य, स्वास्थ्य शाखा कर्मचारीहरु सदस्य रहेको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले बताए ।कोरोनाबाट बच्न शैल्यशिखर नगरको  मूख्य प्रवेशद्वार पनेबाँज र गोकुलेश्वर बजारमा हेल्थ डेक्स  समेत व्यवस्थापन गरिने भएको छ ।