विद्यालय भवन निर्माणको लागि हस्ताक्षर ।

४ बर्ष अघि

२0७६ चैत्र ४ मंगलवार

 विद्यालय भवन निर्माणको लागि हस्ताक्षर ।

रमेश खत्री चैत्र ४ दार्चुला ।  मालिकार्जुन नमूना मावि धापको विद्यालय भवन निर्माणको लागि नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारतीय राजदुताबास बीच सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो । महाकाली नगरपालिका ७ धापस्थित मालिकार्जुन नमुना मावि धापको विद्यालय भवन निर्माणको लागि कुल ३ करोड ५५ लाख ६७ हजार १५५ रुपैयाँ लागतमा सम्झौंता भएको छ । जसअनुसार भारतीय राजदुताबासले कुल २ करोड ९६ लाख ३९ हजार २९६ रुपैयाँ रकम व्यवहोर्ने सम्झौता पत्रमा उल्लेख छ । भने कुल लागतको २० प्रतिशत रकम अर्थात ५९ लाख २७ हजार ८६० रुपैयाँ महाकाली नगरपालिकाले व्यहोर्नेछ ।  सम्झौता पत्रमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रमेश कडेँल र भारतीय राजदुताबासका काउन्सलर डा। प्रफुल्लचन्द्र शर्माले हस्ताक्षर गर्नुभएको छ । सम्झौता महाकाली नगरपालिका प्रमुख हंशराज भट्टको उपस्थितीमा भएको हो । भवन निर्माणको कार्यान्वयन गर्ने जिम्मेवारी नगरपालिकाको भएको कारण नगरपालिकाको उपस्थितिमा हस्ताक्षर भएको हो । भवन निर्माण सम्झौता भएको मितिले डेढ वर्षभित्र निर्माण गरि सक्नुपर्ने छ ।  मालिकार्जुन नमूना मावि धापको विद्यालय भवन अत्याधुनिक तवरले निर्माण गरिने योजना रहेको विद्यालयका प्रधानाध्यापक सुन्दरसिह बुढाथोकीले बताउनुभयो । ‘विद्यालयलाई भवन अत्यावश्यक थियो,’ उहाँले भन्नुभयो, ‘लामो प्रक्रियापछि भवन निर्माणको लागि सम्झौता भएर प्रक्रिया अघि बढेको छ ।’ अत्याधुनिक सुविधासहितको १२ कोठे विद्यालय भवन निर्माण गरिने प्रधानाध्यापक बुढाथोकीले जानकारी दिनुभयो । विद्यालयलाई भवन अभाव हुँदा थप प्राविधिक धारका कक्षा सञ्चालन गर्न सकिएको थिएन, उहाँले भन्नुभयो, अहिले भवन अभावकै कारण शिभिल ईन्जिनियरतर्फको पढाई भइरहेको छ । विद्यालयमा हाल ५७७ जना विद्यार्थी अध्ययनरत छन् । महाकाली नगरपालिकाले शैक्षिक नगरी घोषणाअन्तर्गत शिक्षा क्षेत्रको विकासको लागि अहिले भएको सम्झौताले थप सहयोग पुगेको नगर प्रमुख भट्टको भनाई छ ।