अनेरास्ववियू कमिटि विस्तार । 

४ बर्ष अघि

२0७६ चैत्र ४ मंगलवार

अनेरास्ववियू कमिटि विस्तार । 

रमेश खत्री चैत्र ४ दार्चुला ।अनेरास्वीयू दार्चुलाले सगंठन विस्तारलाई तिब्रता दिएको छ । संगठन विस्तारको क्रममा मंगलबार महेन्द्र नमुना मावि खलंगामा कमिटी गठन गरेको छ । महेन्द्र नमुना  मावि खलंगामा शेरसिह धामीको अध्यक्षतामा ५१ सदस्यीय कमिटि गठन गरेको छ । कमिटीको उपाध्यक्षमा उर्मिला जोशी,सचिव नरेन्द्र साउद, सहसचिव सुनिल ठगुन्ना, र करुणा ठगुन्ना, कोषाध्यक्ष अञ्जली चन्द्र  चयन भएका छन । अनेरास्ववियूका जिल्ला नेता गणेशसिह सामन्तको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियू दार्चुला जिल्ला सयोजक आन सिह बडालको प्रमुख आतिथ्यता रहेका थिए । यस्तै अतिथिहरुमा अनेरास्ववियू जिल्ला सह सयोजक राजेन्द्र डागा ,जिल्ला कमिटि सदस्यहरु दिपक भट्ट, सन्तोश ठगुन्ना,कृतिनिधि जोशी, खडक धामी लगायतका सहभागिता रहेको थियो कार्यक्रमको सञ्चालन विद्यार्थी नेता केशव मिश्रले गर्नु भएको थियो ।