काेराेना भाईरसबाट बच्ने उपायबारे एक दिने अन्तरक्रिया कार्यक्रम

४ बर्ष अघि

२0७६ चैत्र १ शनिबार

काेराेना भाईरसबाट बच्ने उपायबारे एक दिने अन्तरक्रिया कार्यक्रम

दार्चुलाकाे नौगाड गाउँपालिकामा कोरोना भाईरस रोकथाम प्रतिकार्य तथा व्यवस्थापन सम्बन्धी गाउँपालिकामा एक दिने अन्तरत्रिया तथा जनचेतना मुलक कार्यक्रम गरिएको छ ।        स्वदेश  तथा बिदेशमा काेराेना भाईरसले त्रासफैलाएका बेला गाउपालिकाकाे पहलमा अन्तरत्रिया तथा जनचेतनामूलक कार्यक्रम गरिएको हाे । त्यसैगरी  शनिबार गाँउपालिका   स्तरिय समन्वय समिति पनि गठन गरेको छ । नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामीको संयोजक रहने गरी ३८ सदस्यीय समिति गठन गरिएको गाउँपालिकाले जनाएको छ ।
समितिको सहसंयोजकमा गाउँपालिका उपाध्यक्ष गौरी ठगुन्ना र सदस्य सचिवमा नौगाड गाउँपालिका स्वास्थ्य शाखा संयोजक प्रितमसिँह ठगुन्ना रहने गरि ३८ सदस्यीय समिति गठन गरिएको हो ।
नाैगाड गाउँपालिकाका ६ वटै वडाहरुमा पनि समन्वय समिति गठन गरिने नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले बताउनु भएको छ ।
नौगाड गाउँपालिका नोबेल कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी अभिमुखीकरण गरिए काेराेना भाईरसले गर्दा ज्यान लिनेकाम गरेकाले सबै गाउँ पालिका बासिमा चेतना फैलाउन कार्यक्रमको अायाेजना गरिएको नाैगाड गाउँपालिका अध्यक्ष प्रेम सिह धामीले जानकारी दिनु भयो  । कार्यक्रममा काेराेना  भाइरस संक्रमण भएपछि देखिने लक्षण तथा बच्ने उपायहरु लगायतका बारेमा अभिमुखीकरण कार्यक्रममा जानकारी गराइएको नाैगाड गाँउपालिकाका स्वास्थ शाखा संयाेजक प्रितम सिह ठगुन्नाले बताउनु भयो   ।