आठ महिनामा छोटी भन्सार दार्चुलाबाट १७ लाख भन्दा बढि राजश्व संकलन ।

४ बर्ष अघि

२0७६ चैत्र १ शनिबार

आठ महिनामा छोटी भन्सार दार्चुलाबाट १७ लाख भन्दा बढि राजश्व संकलन ।

रमेश खत्री चैत्र १ दार्चुला ।  छोटी भन्सार कार्यालय दार्चुलाले ८ महिनाको अवधिमा १७ लाख ९३ हजार ५ सय ३८ रुपँैया राजस्व संकलन गरेको छ । चालु आर्थिक २०७६÷ ०७७ मा छोटी भन्सार कार्यालय दार्चुलाले साउन देखि फागुन सम्म उक्त राजस्व संकलन गरेको छोटी भन्सार कार्यालय दार्चुलाका प्रमुख मोहन सिह डोबालले बताउनु भयो । छोटी भन्सार कार्यालय दार्चुलाले साउन महिनामा १ लाख ९२ हजार ४ सय ३६ रुपँैया भदौ महिनामा १ लाख ४२ हजार ९ सय ९९ रुपैँया असोज महिनामा १ लाख ३१ हजार ५ सय ११ रुपैँया कार्तिक महिनामा ६५ हजार ४ सय ३ रुपैया मंसिर महिनामा १ लाख ७७ हजार २ सय २३ रुपैँया राजस्व संङ्कलन गरेको हो । यस्तै पौष महिनामा २ लाख ४८ हजार ४१ रुपैँया माघ महिनामा ४ लाख १६ हजार ७ सय ४१ रुपैया र फागुन महिनामा ४ लाख २८ हजार १ सय ८४ रुपँैया राजस्व संङ्कलन गरेको छोटी भन्सार कार्यालय दार्चुलाका प्रमुख डोवालले बताउनु भयो ।  मुख्य भन्सार कार्यालय झुलाघाट अन्तरगत रहेको दार्चुला छोटी भन्सार कार्यालयले विषैशगरी भारतबाट आयातित बस्तुहरु निर्माण सामाग्री  चिनी मिश्री मैदा टायल जुत्ता चप्पल लगायतका बस्तुहरुबाट बढी मात्रामा राजश्व संकलन गरेको हो ।