व्याँस गाउँपालिकाले दोस्रो चौमासिक सामजिक सुरक्षा भत्ता वितरण ।

४ बर्ष अघि

२0७६ चैत्र १ शनिबार

व्याँस गाउँपालिकाले दोस्रो चौमासिक सामजिक सुरक्षा भत्ता वितरण ।

रमेश खत्री चैत्र १ दार्चुला । व्याँस गाउँपालिका वडा नम्बर ५ र ६ को वडा कार्यालयबाट गाउँमै समाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । शुक्रबार चालु आर्थिक वर्ष ०७६—०७७ को दास्रो चौमासिकको सामाजिक सुरक्षा भत्तावाफतको रकम वितरण गरिएको छ । सरकारले उपलब्ध गराउदै आएको सामाजिक सुरक्षा भत्ता व्याँस गाउँपालिकाले वडा कार्यालयबाटै नागरिकहरुलाई वितरण गरेको व्याँस गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकीले बताउनु भयो । वडा नम्बर ६ का जेष्ठनागरिक, दलित, विधुवा महिला अपाङ्गता भएका व्यक्ति र दलित बालबालिकासहित कुल ४ सय १४ जनालाई ३२  लाख २४ हजार आठ सय रुपैयाँ समाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा नम्बर ६ का वडा सचिव नरेन्द्र सिह कुवरले जानकारी दिनु भयो । २५ जना दलित जेष्ठनागरिक १६२ जना गैरदलित जेष्ठनागरिक ७९ जना विधुवा महिला,१३ जना पूर्ण असक्त १६ जना आशिंक अशक्त र ११९ दलित बालबालिका गरि जम्मा ४ सय १४ जनालाई भत्ता वितरण गरिएको सचिव कुवरले बताउनु भयो । यसैगरी वडा नम्बर ५ का ज्येष्ठनागरिक विधुवा अपाङ्गता भएका व्यक्ति तथा दलित बालबालिकासहित कुल १६७ जनालाई १६ लाख ८३ हजार दुई सय रुपैया भत्ता वितरण गरिएको वडा कार्यालयले जनाएको छ । ज्येष्ठनागरिक ९६ जना ५६ जना विधुवा महिला २ जना पूर्ण अशक्त आशिक अशक्त ८ जना तथा ५ जना दलित बालबाकिालाई भत्ता वितरण गरिएको छ । यसअघि जिल्ला सदरमुकाम खलगा गएर भत्ता बुझन बाध्य व्याँसका स्थानीयले गाउँमै वडा कार्यालयमा समाजिक सुरक्षा भत्ता पाएपछि ज्येष्ठनागरिकहरु खुसी भएका छन ।