दादुरा रुबेला खोप अभियानको वडा स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

४ बर्ष अघि

२0७६ फाल्गुन २९ बिहीबार

दादुरा रुबेला खोप अभियानको वडा स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न  ।

 रमेश खत्री फागुन २९ दार्चुला । नौगाड गाउँपालिका वडा नम्बर २ मा विहिबार दादुरा रुबेला खोप अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । आगामी चैत्र ३ गतेबाट ५ गते सम्म सञ्चालन हुने अभियानको बारेमा जानकारी गराउने उद्धेश्यले एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको हो ।  वडा अध्यक्ष नरायण सिह ठगुन्नाको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा  वडा नम्बर २  का जनप्रतिनिधि कार्यपालिका सदस्य तथा शिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रम वडा नम्बर २ स्वास्थ्य एकाई प्रमुख मदनसिह ठगुन्नाले दादुरा रुबेला अभियानको बारेमा जानकारी गराउनुभएको थियो । उहाँका अनुसार वडा नम्बर २ भरिका ९ महिना देखि ५९ महिना सम्मका ३०० जना बालबालिकालाई दादुरा रुबेला खोप दिईने लक्ष्य छ । वडा नम्बर २ का ३ ओटा खोप केन्द्रमा बालबालिकालाई खोप दिईने उहाँको बताउनु भयो ।