संगीतालाई शैल्यशिखर नगरपालिकाले ग¥यो सम्मान ।

४ बर्ष अघि

२0७६ फाल्गुन २९ बिहीबार

संगीतालाई शैल्यशिखर नगरपालिकाले ग¥यो सम्मान ।

 रमेश खत्री फागुन २९, दार्चुला । दक्षिण एसियाली राष्ट्रको संगठन सागद्वारा आयोजित १३ औँ दक्षिण एशियाली खेलकुद साग प्रतियोगितामा पदक विजेता संगीता धामीलाई शैल्यशिखर नगरपालिकाले सम्मान गरेको छ । दार्चुला जिल्ला मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ हुनैनाथ हाल कञ्चनपुर जिल्लामा बस्दै आएकी संगिता धामीले नेपालको तर्फबाट कुस्ती खेलमा ५५ केजि तौल समुहमा गरेको स्पर्धामा स्वर्णपदक जितेकी थिइन् । धामीको खेल क्षेत्रको प्रगती देखेर आगामी दिनमा पनि खेल क्षेत्रमा सक्रिय रहन तथा थप सफलताका लागि हौसला बढाउने उद्देश्यले नगद १ लाख पाँच हजार रुपैँया सहित सम्मान पत्रले सम्मान गरेको शैल्यशिखर नगरपालिकाका प्रमुख अमरसिह धामीले जानकारी दिनुभयो । विहिबार शैल्यशिखर नगरपालिकाको कार्यालयमै नगरप्रमुख धामीले सम्मान सहित नगद चेक हस्तान्तरण गरेको हो ।