विश्व बरीयतामा नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्सको छलाङ ।

४ बर्ष अघि

२0७६ फाल्गुन २८ बुधबार

विश्व बरीयतामा नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्सको छलाङ ।

दृष्टिकोण समाचार फागुन २८ दार्चुला । दार्चुलाका युवा व्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व वरीयतामा नयाँ उचाइ चुमेका छन । विश्व ब्याडमिन्टन महासङ्घ बीडब्ल्यूएफले सार्वजनिक गरेको नयाँ वरीयतामा  प्रिन्स सातौ स्थानमा उक्लिएका छन  । पछिल्लो केहि वर्षयता जुनियर ब्याडमिन्टनमा उच्च प्रदर्शन गर्दै आएका प्रिन्सले ११ प्रतियोगिताबाट १०४०० अंक जोडेका छन । उहाले यसै महिना अन्तराट्रिय जुनियर प्रतियोगिता खेलेका थिए । जुनियर वरियताको शिर्ष स्थानमा फ्रान्सका क्रिस्टो पोपोभ रहदा भारतका मेइरावा लुवाङ दाश्रो मलेसिया कोक जिङ होङ तेस्रो भारतका भरुण कपुर चौथो र डेनमार्कका म्याड्स जुवेल मोलर पाचौ स्थानमा छन ।