मार्मा गाउँपालिकामा पहिलो पटक अल्ट्रासाउण्ड सेवा सञ्चालन ।।

४ बर्ष अघि

२0७६ फाल्गुन २८ बुधबार

मार्मा गाउँपालिकामा पहिलो पटक अल्ट्रासाउण्ड सेवा सञ्चालन ।।

रमेश खत्री फागुन २८ दार्चुला ।मार्मा गाउँपालिकामा पहिलो पटक अल्टा«साउण्ड सेवा सञ्चालन गरिएको छ । मार्मा गाउँपालिको वडा नम्बर २ स्थित लटिनाथमा अल्ट्रासाउण्ड सेवा सञ्चालन गरिएको हो । मुख्य गरी बाल मृत्युदर मातृमृत्युदरकम गर्ने उद्धेश्यले मार्मा गाउँपालिकामा पहिलो पटक अल्ट्रासाउण्ड सञ्चालन गरिएको मार्मा गाउँपालिका स्वास्थ्य सयोजक चक्रसिह धामीले बताउनु भयो । मुख्यगरी गर्भवती महिलाहरुलाई लक्षित गरि अल्ट्रासाण्ड सेवा सञ्चालन गरिएको हो । सामुदायिक विकासबाट ग्रामिण अल्ट्रासाउण्ड मेसिन तथा तालिम प्राप्त जनशक्ति सहित गर्भवती महिलाहरुलाई स्वास्थ्य संस्थाबाट नियमित स्वास्थ्य सेवा सञ्चालन गर्ने गरि सेवा सञ्चालन गरिएको हो । मार्मा गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष एंव स्वास्थ्य व्यावस्थापन समिति अध्यक्ष अमरसिह विष्टको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत संगिता ताम्राकारले  ग्रामिण अल्ट्रासाउण्ड सेवाको उद्घाटन गर्नुभयो ।