दार्चुलामा एसइई परीक्षाको तयारी अन्तिम चरणमा ।

४ बर्ष अघि

२0७६ फाल्गुन २७ मंगलवार

 दार्चुलामा एसइई परीक्षाको तयारी अन्तिम चरणमा ।

रमेश खत्री फागुन २७ दार्चुला । चैत ६ गते देखि देशभरि सञ्चालन हुन गईरहेको माध्यमिक शिक्षा परीक्षा एसईई को तयारी दार्चुलामा अन्तिम चरणमा पुगेको छ । यो बर्ष दार्चुला बाट ३ हजार ६० जना नियमित र ४८८ जनाले ग्रेड् वद्धि परीक्षा दिन पाउने भएका छन । आवेदन शुल्क नबुझाएका र अध्ययनरत  विद्यार्थी भने परीक्षा दिन बाट वञ्चित भएको शिक्षा विकास तथा समन्वय एकाई दार्चुलाका प्रमुख जयराज पन्तले जानकारी दिनु भयो । अहिले सम्म एसईई परीक्षा केन्द्रको टुङगो लागिसकेको छ । परीक्षार्थीका लागि उत्तरपुस्तिका र प्रयोगात्मक परीक्षाको नतिजा समेत जिल्लमा पुगिसेको समन्वय प्रमुख पन्तले बताउनु भयो । उहाँका अनुसार नियमितर्फ एसईई परीक्षा सञ्चालनका लागि १६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । महेन्द्र नमुना मावि खलंगा, मालिकार्जुन मावि धाप, हिमालय मावि हुति, जनविकास मावि बारबाज,  छन्ना तिकङकरि मावि खलंगा, राष्ट्रिय मावि दत्तु, सरस्वती मावि उकु, कृष्ण मावि लाली, मालिकार्जुन मावि मड, शङकरपुर मावि पस्ती, गोकुलेश्वर मावि गोकुलेश्वर, लटिनाथ मावि रस्कोट, तपोवन मावि पडपडा, गणेश विनायक मावि सिप्टि, लटिनाथ मावि खार र लटिनाथ मावि चन्दनपुर चौपाता गरी दार्चुलाका १६ ओटा केन्द्रमा एसईई परीक्षा सञ्चालन हुने छन । ग्रेड वृद्धि गर्ने विद्यार्थीका लागि जिल्ला सदरमुकामस्थित महेन्द्र नमुना मावि खंलगा  परीक्षा केन्द्र तोकिएको छ । परीक्षा बोर्डको निर्णण अनुसार विहान ८ बजेदेखि ११ बजे सम्म सबै परीक्षा केन्द्रमा एसईई परीक्षा सञ्चालन गर्ने गरी तयारी अन्तिम चरण पुगेको शिक्षा विकास तथा समन्वय एकाई दार्चुलाका प्रमुख जयराज पन्तले जानकारी दिनु भयो । यो वर्ष हुस्कर मावि काट्टैको केन्द्र लटिनाथ मावि खारबाट महेन्द्र नमुना माविमा परिर्वतन गर्ने निर्णय गरेको छ । सम्बन्धित विद्यालय र स्थानीय तहको सिफारिसका आधारमा परीक्षा केन्द्र परिवर्तन गरिएको प्रमुख पन्तले बताउनु भयो ।