चितुवाको आक्रमणबाट नाबालिकाको ज्यान गयो ।

४ बर्ष अघि

२0७६ फाल्गुन २७ मंगलवार

चितुवाको आक्रमणबाट नाबालिकाको ज्यान गयो ।

डी आर भट्ट फागुन २७ बैतडी ।   बैतडीमा चितुवाको आक्रमणबाट एक नाबालिकाको ज्यान गएको छ । जिल्लाको मेलौली नगरपालिका वडा ९ असुरका पदम राम लुहारकि ८ बर्षिय छोरी सिता लुहारको चितुवाको आक्रमणबाट ज्यान गएको हो । मंगलबार बिहान करिब ४ बजे ओछ्यानमा सुतीरहेकै अवस्थामा चितुवाले नाबालिकामाथि आक्रमण गरेको परिवार स्रोतलाइ उदृत गर्दै जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेयका अनुसार घरबाट करिब ५ सय मिटर टाढा सिमखोलाको झाडिमा नाबालिका मृत अवस्थामा भेटीएकी छिन । अहिले ईलाका प्रहरीकार्यालय पाटनको प्रहरी टोलि घटना स्थल पुगेको छ । घटनाको थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ । यहि फाल्गुन २२ गते शिबनाथ गाउपालिका ४ खडितका १६ बर्षिय हर्केश बहादुर साउद चितुवाको आक्रमण बाट घाइते भएका थिए । पुजामा जाँदै गरेका साउदलाई चितुवाले आक्रमण गरेर दायाँ खुट्टामा घाउ पारेको थियो  । चितुवाको आक्रमण बाट अहिले सम्म बैतडीमा २५ जनाले ज्यान गुमाईसकेका छन ।जिल्लाको मैलौलि नगरपालिका शिबनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका चितुवा प्रभावित क्षेत्र हुन । बैतडीमा अहिले सम्म चितुवाको आक्रमण बाट २५ जनाको मृत्यु भइसकेको छ ।