नेपाली सेनाको हेलिकोप्टरमार्फत दुई जना गम्भीर घाईतेको उद्धार ।

४ बर्ष अघि

२0७६ फाल्गुन २५ आईतवार

नेपाली सेनाको हेलिकोप्टरमार्फत दुई जना गम्भीर घाईतेको उद्धार ।

रमेश खत्री फागुन २५ दार्चुला । बैतडीको पाटन नगरपालिका ६ मा जिप दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । गम्भीर घाईते भएका दार्चुला दुहुँ गाउँपालिकाका ३८ बर्षीय हरक सिह बडाल र ४१ बर्षीया प्रमे बल्लब जोशीलाई  नेपाली सेनाको हेलिकोप्टर मार्फत नेपालगञ्ज लगिएको हो । जोशी र बडालको बैतडीमा उपचार हुन नसक्दा डडेल्धुरा  लगिएकोमा त्यहा पनि उपचार हुन नस्कदा नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि नेपालगञ्ज लगिएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउदले बताउनु भयो । उनीहरु दुबै जनाको टाउकोमा चोट रहेको बताईएको छ । आइतबार बिहान बैतडीको पाटन जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा ६ जना घाइते भएका थिए। दुर्घटनामा घाइते भएका दुहु–४ का २३ वर्षीय सुरेन्द्र बम, ४१ वर्षीय धनराज जोशी, २० वर्षीय हेमन्ती बम र २२ वर्षीय द्रोपती जोशीको डडेल्धुरा अस्पतालमा उपचार भइरेको जनाइएको छ ।  दुर्घटनामा दार्चुलाको दुहु गाउँपालिकाका ३५ वर्षीय जिप चालक धनसिंह बडालको मृत्यु भएको हो। धनगढीबाट दार्चुला जाँदै गरेको अनटेष्ट ९१२५७० जिप आइतबार बिहान २ बजे पाटन नगरपालिका ६ मा दुर्घटनामा परेको थियो जिप सडकबाट २५० मिटर तल खसेको जनाइएको छ। दुर्घटनाको कारण खुलेको छैन ।