जिप दुर्घटना हुदा १ जनाकाे मृत्युु ६ जना घाइते

४ बर्ष अघि

२0७६ फाल्गुन २५ आईतवार

जिप दुर्घटना हुदा १ जनाकाे मृत्युु ६ जना घाइते

फागुन २५ ,बैतडी जिल्लाकाे पाटनमा आइतवार बिहान जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । भने दुर्घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा दार्चुला जिल्लाको दुहु गाउँपालिका वडन नं २ का  ३५ बर्षीय धनसिंह बडाल रहेकाे बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो ।घाइते हुनेहरुमा दार्चुला दुहु ४ कै २३ बर्षीय सुरेन्द्र बम, ३८ बर्षीय हरक सिंह बडाल, ४१ बर्षीय प्रेम बल्लब जोशी , ४१ बर्षीय धन राज जोशी , २० बर्षीय हेमन्ती बम र २२ बर्षीय द्रोपती जोशी रहेका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरुको जिल्लामा उपचार हुन नसक्दा धनगढी  रेफर गरिएको  जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । धनगढीवाट दार्चुला अाउदै गरेको  जिप आइतवार बिहान २ बजे दशरथचन्द राजमार्ग अन्र्तगत बैतडीको पाटन नगरपालिका ६ पनतोलीमा दुर्घटनामा परेको हो । जिप सडकबाट करिव २सय५० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुले सकेको छैन् ।