कोरोना बाट बच्नका लागि भिडभाडमा सामिल नहुन प्रशासनको आग्रह । सूचना सहित 

४ बर्ष अघि

२0७६ फाल्गुन २३ शुक्रबार

कोरोना बाट बच्नका लागि भिडभाडमा सामिल नहुन प्रशासनको आग्रह । सूचना सहित 

रमेश खत्री फागुन २३ दार्चुला ।जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सुचना जारी गर्दै भीडभाड नगर्न आग्रह गरेको छ । कोरोना भाईरसको संक्रमण विश्वभरी फैलिरहेकाले अर्को सूचना  नभए सम्मका लागि भेला हुन विभिन्न उत्सवहरु मनाउन होली खेल्न रोक लगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी टेकसिँह कुवर द्धारा हस्ताक्षरित सूचनामा कोरोना भाईरसको सम्भावित जोखिमको बाहानामा कालोबजारी र कृतिम अभाब सिर्जन गरेको पाईएमा कारवाही गरिने जनाएको छ यस्तै नेपाल भारत सीमा वारपार  गर्दा स्वास्थ्य सहयता कक्षमा स्वास्थ्य परीक्षण गराउन पनि आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । 
हेर्नुहोस सूचना